![तीनकुने घटना : दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ५ मुद्दा दर्ता [अभियोग पत्रसहित]](https://lktcdn2.prixacdn.net/media/Durga_Prasai_2_wcq6MSugY7.jpg)
तीनकुनेमा गत चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनलाई लिएर पक्राउ परेका दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालयमा मिसिल बुझाएसँगै कार्यालयले आइतबार अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।
तीनकुने प्रदर्शनका जनकमान्डर प्रसाईंविरुद्ध पाँच वटा अभियोग लगाइएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा सजाय हुनुपर्ने मागदाबी लिएर अभियोग पत्र दर्ता भएको हो ।
प्रहरीले पनि प्रसाईंविरुद्ध पाँच वटा मुद्दा चलाउनुपर्ने रायसहितको मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
तीनकुनेमा प्रदर्शनकारीले घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।
प्रसाईंले प्रहरीलाई मारौंला झै गरेर गाडी दौडाएका थिए । उनले ‘आउ, आउ’ भन्दै प्रदर्शनकारीलाई उक्साएका थिए ।
प्रदर्शन अघि पनि अराजक अभिव्यक्ति दिएर उनले भीडलाई भड्काएका थिए ।
यस्तो छ अभियोग पत्र