
तीनकुने घटनामा संलग्न मध्ये ११ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ ।
भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ, अन्नपूर्ण पोष्ट दैनिक, कान्तिपुर टेलिभिजन, नेकपा एकीकृत समाजवादीलगायत ४० वटा संस्था र व्यक्तिले दिएको जाहेरीअनुसार प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान मिसिल बुझाएको थियो।
सोही मिसिलअनुसार सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा ११ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरेको हो ।
काठमाडौं छैमलेका श्रवणकुमार लामा, कोटेश्वरका समीर मगर, भारत विहारका रविरञ्जनकुमार सिंह, सुनसरी इटहरीकी एलिशा राई भन्ने लक्ष्मी राई, धनुषाका आशिककुमार महतो, सर्लाहीका गोविन्दा राय, सिन्धुपाल्चोककी निर्मला कार्की, सर्लाहीका प्रेमकुमार महतो, सिराहाका राधेश्याम यादव, लहानका दिनेश महतो र अर्का एक जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।
यीमध्ये कोही भाटभटेनी लुटपाट, कोही मिडिया हाउसमा आगजनी, कोही सहकारी भवन तोडफोड र कोही नेकपा समाजवादीको कार्यालय तोडफोड एवं आगजनीमा संलग्न रहेको दाबी प्रहरीको छ ।