३० असार २०८३, मंगलबार

उत्तर कोरियाको त्रास : दक्षिण कोरिया र अमेरिकाले गरे संयुक्त सैन्य अभ्यास

मंसिर १८, २०७४
उत्तर कोरियाको त्रास : दक्षिण कोरिया र अमेरिकाले गरे संयुक्त सैन्य अभ्यास

काठमाडौं, १८ मंसिर — अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबभन्दा ठूलो संयुक्त वायुसेना अभ्यास सोमवारबाट शुरु गरेका छन् । उत्तर कोरियालाई यो अभ्यास मन परेको छैन र उसले यसलाई भड्काउने गतिविधि भनेको छ । 

अघिल्लो हप्ता उत्तर कोरियाले शक्तिशाली अन्तर्महादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाले यो सैन्य अभ्यास गरेका हुन् । 

सउलमा वायुसेनाले यस पाँच दिवसीय अभ्यासमा एफ–२२ राप्टर स्टील्थ लडाकू विमानहरूसहित २३० विमान र १२ हजार सैनिकले अभ्यास गर्नेछन् । 

प्योङयाङले यो अभ्यासको आलोचना गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले आणविक युद्ध भड्काएको आरोप लगाएको छ । उत्तर कोरियाले अमेरिकाको पूरै भूभागलाई निशाना बनाउनसक्ने क्षेप्यास्त्र परीक्षण गरेपछि संयुक्त सैन्य अभ्यास सञ्चालन गरिएको हो ।

यो सैन्य अभ्यास दुवै देशका बीच अक्टोबरमा भएको नयाँ सम्झौतापछि गरिएको हो । उत्तर कोरियालाई आणविक कार्यक्रम छोड्नका लागि दबाब दिनु यसको उद्देश्य हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्