२९ असार २०८३, सोमबार

मन्त्रिपरिषद् बैठक : के के भए निर्णय

कात्तिक २०, २०७४
मन्त्रिपरिषद् बैठक :  के के भए निर्णय
काठमाडौं, ६ माघ–सरकारले सुरेश कार्कीलाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गरिएको छ । उनी यसअघि पनि रेडियो नेपालका कार्यकारी निर्देशक थिए । कार्कीको कार्यकाल मंसिरमा सकिएको थियो ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार नहकुल सुवेदीलाई न्यायपरिषदको सचिव बनाउने निर्णय समेत गरेको छ । यस्तै सह–रजिष्ट्रार नृपध्वज निरौलालाई रजिष्ट्रार बनाइएको छ ।

यस्तै पूर्व रजिष्ट्रारलाई राजीव गौतमलाई कानुन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

सरकारले वेपत्ता छानबनि आयोगको सचिवमा राजीव भट्टराईलाई पठाइएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

बैठकले दूरसञ्चार प्राधिकरणमा खाली रहेको २ सदस्य नियुक्तिका लागि भेषराज काडेलको नेतृत्वमा एक समिति गठन गरिएको छ ।

काभ्रेका अजित मिजार र लक्ष्मी परियार हत्या काण्ड छानबीनको लागि युवा तथा खेलकूदमन्त्री दलजीत श्रीपालीको नेतृत्वमा समिति बनाइएको बनाइएको छ । बैठकले एडीबीले गरेको १६ अर्ब ३७ करोड ऋण सहयोग पनि स्वीकृत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्