०४ असार २०८३, बिहीबार

नेपाली सेनाद्वारा उद्धार अभ्यास प्रदर्शन

जेठ १३, २०८२
काठमाडौं
नेपाली सेनाद्वारा उद्धार अभ्यास प्रदर्शन

नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन, उद्धार तथा खोजलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप आज यहाँको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित इन्द्रावती नदीमा ‘अभ्यास मनसुन–५’ प्रदर्शन गरिएको छ ।

 नेपाली सेनाको श्री नं २६ बाहिनी अड्डा भकुण्डेबेँसीद्वारा आयोजित उक्त पूर्वअभ्यास प्रदर्शनमा सेनाको श्री मेहर गण, त्रिनेत्रदल गण र श्री इन्द्रध्वज गणले सहभागिता जनाएका थिए । 

उक्त प्रदर्शनमा बाढीले बगाएका तथा घाइतेको विभिन्न कला एवं स्थानीय स्रोत–साधनद्वारा उद्धारका आठ वटा प्रदर्शन गरिएको थियो । यी प्रदर्शनमा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला प्रशासन तथा प्रहरी, नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताललगायत स्थानीय तहले सहभागिता जनाएका थिए । 

काठमाडौँ उपत्यका पृतनापति उपरथी विष्णु राउतले विपद्बाट सम्भावित क्षतिलाई रोक्न तथा न्यूनीकरण गर्न तालिम अभ्यास प्रभाविकारी हुने बताए । उनले अन्यभन्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक बाढीपहिरोको उच्च जोखिमम रहेकाले सबैपक्ष जोखिम न्यूनीकरणमा सतर्क रहनुपर्ने उल्लेख गरे । 

“फस्र्ट रेस्पोन्डर घटनास्थल नजिकको समुदाय नै हो, समुदायलाई सचेतना गराइ यसबारे तालिमसमेत दिनुपर्छ”, उनले भने । बाहिनीपति निर्जलबहादुर अधिकारीले अव्यवस्थित बसोबासका कारण पनि विपद्को उच्च जोखिम बढ्दै गएको बताए । 

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सुरक्षाकर्मीले संयुक्तरुपमा बर्सेनी मनसुनअघि इन्द्रावती र सुनकोशी नदीमा पूर्वउद्धार प्रदर्शन गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्