३१ असार २०८३, बुधबार

सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अघि बढायो

जेठ १४, २०८२
काठमाडौं
सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अघि बढायो

सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अघि बढाएको छ । लगानी बोर्डको मंगलबार बसेको ६३औँ बैठकले रासायनिक मल उत्पादन कारखाना खोल्न अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई अघि बढाउने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । 

खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिन सरकारले नेपालमै रासायनिक मल उत्पादन कारखाना खोल्ने प्रक्रिया अघि बढाएको उनको भनाइ छ । 

बोर्डको बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदलसमेत गठन गरेको छ।

बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा पेस भएको अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन जानकारीमा लिँदै उक्त प्रतिवेदनको समीक्षा तथा पुनरावलोकन गरी उपयुक्त विकल्प बोर्डमा सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्