०६ असार २०८३, शनिबार

अवैध लागूऔषध गाँजासहित बारामा दुई जना पक्राउ

जेठ १४, २०८२
काठमाडौं
अवैध लागूऔषध गाँजासहित बारामा दुई जना पक्राउ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-६ बस्ने ४६ वर्षीय घुरन साह र ५४ वर्षीय रसटली साह रहेका छन् । उनीहरूको साथबाट करिब ४ किलो ५ सय ग्राम गाँजा बरामद भएको छ । 

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको बा ४ ख ५९२२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी बुधबार बिहान पक्राउ गरेको हो । 

यसैबीच, महोत्तरीको बर्दिबास नगरपालिका-१० बाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम प्रहरीले बरामद गरेको छ । 

उक्त स्थानमा खटिएको प्रहरीलाई देख्नासाथ ब्रहमस्थान चोकबाट वनपतचोकतर्फ जाँदै गरेको प्रदेश २-०२-००१प ४२३९ नम्बरको मोटरसाइकल छाडी मोटरसाइकलमा सवार व्यक्ति फरार भएपश्चात मोटरसाइकलमा रहेको झोला तलासी उक्त गाँजा फेला पारी बरामद गरेको हो । 

प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्