३० जेठ २०८३, शनिबार

गगन थापाद्वारा बम आक्रमणको घटनाको छानविन गर्न थापाको माग

मंसिर १८, २०७४
गगन थापाद्वारा बम आक्रमणको घटनाको छानविन गर्न थापाको माग


काठमाडौँ, १८ मंसिर-  नेपाली काँग्रेसका नेता एवं काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ४ उम्मेदवार गगन थापाले बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा आज भएको बम आक्रमणको घटनाले सुरक्षाको संवेदनशीलताप्रति गम्भीर प्रश्न उठाएको हुँदा सरकारले घटनाको छानविनको माग गरेका छन्  । 

आज दिउँसो घाइते भएका उनले  उपचारपछि काठमाडौँ क्षेत्र नं ४ द्वारा सिफलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सरकारले सबै नागरिकलाई आश्वस्त गराउन सक्नुपर्छ भने  । 

“हिंसाको राजनीतिलाई प्रसय दिनुहुँदैन, संविधान निर्माणपछिको यात्रामा नेपालमा हिंसाको छाया पनि पर्न दिनौँ भनेर संकल्प गर्नुपर्ने आवश्यक छ, म त्यसका निम्ति सबैमा आह्वान गर्न चाहान्छु”–थापाले भने । 

नेता थापाले संविधानसभामा आफूले आफ्नोतर्फबाट इमानदारीपूर्वक जिम्मेवारी पूरा गरेको बताउँदै भोलिका दिनमा पनि प्रतिनिधिका रूपमा संसद्मा काम गर्ने मौका पाएका खण्डमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अबको पाँच वर्ष सांसद भएर काम गर्दैगर्दा शिक्षा र स्वास्थ्यका विषयमा काम गर्ने उनको भनाइ छ । 

बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेकाबेला अज्ञात समूहले आज थापालाई केन्द्रित गरी बम प्रहार गरेको थियो । थापाको टाउको र कम्मरमा चोट लागेको छ । वाम गठन्धनलगायत विभिन्न संघसंगठनले थापा माथि भएको आक्रमणको भत्र्सनासमेत गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्