१४ असार २०८३, आइतबार

आवेदन दिएको दिनमै श्रम स्वीकृति

जेठ १५, २०८२
काठमाडौं
आवेदन दिएको दिनमै श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइन आवेदन दर्ता भएकै दिनमा श्रम स्वीकृति पाउन थालेका छन् । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिलाई चुस्तदुरुस्त बनाउने उद्देश्य अनुरूप सुधार अभियान सञ्चालन गरेपछि यो सातादेखि वैदेशिक रोजगारीमा जान आवेदन दर्ता गराउने श्रमिकले सोही दिनमै श्रम स्वीकृति पाउन थालेका हुन्।
विभागका अनुसार यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृतिका लागि आवेदन दिएको आठ/१० दिनमा मात्रै श्रम स्वीकृति पाउँदै आएकोमा मङ्गलबारदेखि भने आवेदन दिएको दिनमै श्रम स्वीकृति दिन थालिएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्