२८ जेठ २०८३, बिहीबार

हमासका उच्च नेता मारिएको इजरायलको दाबी

जेठ १५, २०८२
काठमाडौं
हमासका उच्च नेता मारिएको इजरायलको दाबी

इजरायलले हमासका उच्च नेता मोहम्मद सिनवारको ज्यान गएको दाबी गरेका छ । सन् २०२३ अक्टोबरमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमासका कथित गाजा नेता सिनवार मारिएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् । 

हमासमा नेता सिनवार मारिनुलाई आफ्नो सेनाको ठूलो उपलब्धि भएको भन्दै प्रधानमन्त्री नेतान्याहूले सेनाको प्रशंसा गरेको बीबीसीले जनाएको छ ।

हमासले भने यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैन । यसअघि सन् २०२४ को अक्टोबरमा सिनवारका दाइ हमासका अर्का उच्च नेताको इजरायली आक्रमणमा ज्यान गएको थियो । गाजामा खाद्यान्न सङ्कटकाबीच इजरायलले आक्रमण गरिरहेको छ ।

मोहम्मद सिनवार इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए र पूर्व हमास नेता याह्या सिनवारका भाइ थिए।

दक्षिणी शहर खान युनिसको युरोपेली अस्पतालको आँगन र वरपरको क्षेत्रमा मोहम्मद सिनवारलाई लक्षित गरी ठूलो आक्रमण गरिएको थियो। यस आक्रमणमा हमासको 'भूमिगत पूर्वाधार' ध्वस्त भएको थियो।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले त्यतिबेला २८ जनाको मृत्यु भएको जानकारी दिएको थियो। 

इजरायली सैनिकहरूले गत वर्ष अक्टोबरमा याह्या सिनवारको हत्या गरेका थिए । ७ अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको मास्टरमाइन्ड सिनवार भएको मानिन्छ।
 

salt training

कमेन्ट गर्नुहोस्