२२ जेठ २०८३, शुक्रबार

काठमाडौं-हेटौँडा मार्गमा पोडवे सञ्चालनका लागि अध्ययन शुरू गरिने

जेठ १५, २०८२
काठमाडौं
काठमाडौं-हेटौँडा मार्गमा पोडवे सञ्चालनका लागि अध्ययन शुरू गरिने

सरकारले लामो समयदेखि बन्द रहेको काठमाडौं–हेटौँडा रोपवेको विकल्प स्वरूप उच्च प्रविधियुक्त पोडवे सञ्चालन गर्न सम्भाव्यता अध्ययन शुरू गर्ने भएको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी गराएका हुन् ।

उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको विकाससँगै वैकल्पिक र वातावरणमैत्री परिवहन प्रणालीलाई प्रोत्साहित गर्न पोडवेजस्ता प्रविधिको प्रयोगका लागि पहल गरिनेछ ।

पूर्वाधार निर्माण र यातायात सहजता वृद्धि गर्न सरकारले यस्तो परियोजनाको सम्भाव्यता अध्ययन गर्न लागेको अर्थमन्त्री पौडेलको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्