
सरकारले लगानी मैत्री वातावरण निर्माण गर्दै पुँजी बजारको संस्थागत विकासलाई प्राथमिकता दिने भएको छ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले लगानीकर्ताको लगानी सुरक्षित गरिने स्पष्ट घोषणा गरेका हुन्।
उनले धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरिने जानकारी दिँदै नियामक निकायलाई थप सक्षम र प्रभावकारी बनाइने बताए। बजेटमा पुँजी बजारलाई विस्तार र व्यवस्थित गर्न ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना गरिने उल्लेख छ, जसले लगानी प्रवाहलाई व्यवस्थित गर्न सहयोग गर्नेछ।
साथै, व्यावसायिक पुनर्उत्थान आवश्यक पर्ने क्षेत्रमा सहजीकरण गरिने नीति लिइनेछ, जसअन्तर्गत संकटग्रस्त उद्योग तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विशेष व्यवस्था गरिने अर्थमन्त्रीले बताए।