२५ जेठ २०८३, सोमबार

उधारो उठाउन कानूनी व्यवस्था गरिने

जेठ १५, २०८२
काठमाडौं
उधारो उठाउन कानूनी व्यवस्था गरिने

सरकारले विदेशी विनिमय जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न हेजिङको व्यवस्था लागू गर्ने भएको छ । 

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो व्यवस्था व्यापारिक तथा वित्तीय क्षेत्रमा स्थिरता ल्याउन महत्त्वपूर्ण हुने बताए ।

उनले उधारो उठाउन सक्ने कानूनी व्यवस्थापन पनि लागू गरिने जानकारी दिए  । जसले लगानी र ऋण व्यवस्थापनलाई सरल र पारदर्शी बनाउने अपेक्षा गरिएको  छ ।

साथै, कसुरजन्य सम्पत्तिको जफतसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन र व्यवस्थापन गर्न सरकारले नयाँ कदम चाल्ने योजना रहेको बजेटमा उल्लेख छ ।

यसले अवैध सम्पत्तिको नियन्त्रण र पुनः प्राप्तिलाई सुनिश्चित गर्ने मन्त्री पौडेलको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्