
१२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा उदयपुरमा एक वृद्ध पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका-२ सन्नुवा बस्ने ६२ वर्षीय नागेश्वर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विकले ती बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।