२६ असार २०८३, शुक्रबार

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ- अर्थमन्त्री पौडेल

जेठ १५, २०८२
काठमाडौं
बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ- अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताएका छन् । 

‘स्रोत व्यवस्थापनको सीमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात गरेको छ,’ बजेट वक्तव्यपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले भने, ‘विगतका कमजोरीहरूलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौतीहरू सामना गर्ने गरी बजेट प्रस्तुत भएको छ ।’

अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको छ । विनियोजन कुशलतातर्फ अभिमुख भएको छ । सीमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको छ । 

‘बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउनेछ । निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्नेछ । स्टार्टअफ, युवा, उद्यमीहरूलाई प्रोत्साहित गर्नेछ’, अर्थमन्त्री पौडेलले भने । 

अर्थमन्त्री पौडेलले सबैपक्षको साथ, सहयोग, सहकार्य र समर्थनमा बजेट कार्यान्वयन गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्