
सरकारले आर्थिक विधेयकमार्फत सुन बिक्री गर्दा लाग्ने शुल्कको दायरा विस्तार गरेको छ। अबदेखि सुन बेच्दा २ प्रतिशत विलासिता कर लाग्नेछ।
यसअघि यो कर १० लाख रुपैयाँ वा सोभन्दा माथिको सुन बिक्रीमा मात्र लाग्थ्यो। तर अब सानो परिमाणमा सुन बेच्ने ग्राहकले पनि यो शुल्क तिर्नुपर्नेछ।
सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ताले नयाँ व्यवस्थाले साना ग्राहकलाई बढी असर पार्ने जानकारी दिए ।