२२ जेठ २०८३, शुक्रबार
पूर्वपश्चिम राजमार्ग ठप्प

दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगायो, बुटवल–नारायणगढ सडक पूर्वरूपमा अवरुद्ध

जेठ १६, २०८२
बुटवल
दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगायो, बुटवल–नारायणगढ सडक पूर्वरूपमा अवरुद्ध

वर्षासँगैको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

शुक्रबार बिहान परेको वर्षासँगैको बाढीले डाइभर्सन बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो । 

दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगाएको छ भने पूर्वबाट पश्चितमतर्फ आउने दाउन्नेको ओरालोस्थित खुर्साने खोलामा पनि बाढीले सडकमा क्षति पुर्‍याएको छ । 

इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सेनाका अनुसार बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग ठप्प भएको हो । 

सडक अवरुद्ध भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न ठाउँमा सवारी साधन बाटोमै रोकिएका छन् । 

खोलामा पानीको सतह नघटेपछि सडक खुलाउन समस्या भएको उनले बताए ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए । 

चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम शुरू गरिएको छ ।

सम्भव भएसम्म आज यो सडक प्रयोग नगर्न वा वैकल्पिक सडक प्रयोग गर्नु प्रहरीले अनुरोध गरेको छ ।

 

 

salt training

कमेन्ट गर्नुहोस्