
नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा अध्यक्ष शोभा अर्याललाई बाग्मती सरकारले पुरस्कृत गरेको छ । गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले दिने संस्थागत पुरस्कारबाट पुरस्कृत उनलाई पुरस्कृत गरिएको हो ।
संस्था र मिडिया विकासको लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई विभिन्न माग राखी ध्यानाकर्षण पत्र बुझाउने र तिनै तहका सरकार मिडियामैत्री बन्नु पर्छ भन्ने अभियान लिएर हिँडेकी अर्याललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
अध्यक्ष अर्याल पत्रकार महासंघ वागमती प्रदेशका १३ जिल्लामध्ये एक मात्र निर्वाचित महिला अध्यक्ष हुन्।
अर्यालसहित सात जना पत्रकारलाई पनि सम्मान गरिएको छ । प्रदेश सरकारले मकवानपुरका प्रताप बिष्ट, काठमाडौंका कुमारभक्त रजिञ्तकार (नेपालमा भाषामा समाचार तथा कार्यक्रम सञ्चालन गर्ने), धादिङका नवराज छत्कुली, चितवनका नेपोलियन चेपाङ, सिन्धुपाल्चोककी अस्मि तामाङ र नुवाकोटका रामचन्द्र अर्याललाई पनि पुरस्कृत गरेको छ ।