०८ असार २०८३, सोमबार

आन्दोलनरत राजावादी समूहले आज पनि काठमाडौंमा प्रदर्शन गर्ने

जेठ १६, २०८२
काठमाडौं
आन्दोलनरत राजावादी समूहले आज पनि काठमाडौंमा प्रदर्शन गर्ने
फाइल तस्वीर

राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादी समूहले आज पनि काठमाडौंमा प्रदर्शन गर्दै छन् । बिहीबार काठमाडौंको रत्नपार्कमा विरोध सभा गरेका उनीहरूले आज माइतीघर-बबरमहल क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् । 

संयुक्त जनआन्दोलन समितिको संयोजनमा हुने प्रदर्शनमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संगठन सहभागी छन्।

यसअघि बिहीबार राजधानीको शान्तिबाटिकामा पनि यिनै समूहले प्रदर्शन गरेका थिए । उनीहरूले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना, संघीयता खारेजी लगायतका माग अघि सार्दै अनिश्चितकालीन आन्दोलन शुरू भएको घोषणा गरेका छन् ।

राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्