३१ जेठ २०८३, आइतबार

यातायात कार्यालय रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ १६, २०८२
काठमाडौं
यातायात कार्यालय रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सभ्यता केसीको नाममा ‘बी’ श्रेणी थप हुनुपर्नेमा अर्कैको नाम परिवर्तन गरी रकम असुली गरेर लाइसेन्स जारी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार ०१-०८-००८३६६८७ सभ्यता केसीको लाइसेन्समा 'बी' श्रेणी थप हुनुपर्नेमा, अर्कैको नाम (०१-०८-०१०३१२६२) परिवर्तन गरी रकम असुली गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।​

अनुसन्धानका क्रममा उक्त घटनामा तत्कालीन कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरको संलग्नता देखिएको आयोगको दाबी छ । 

सार्वजनिक अभिलेख दुरुपयोगमा संलग्न रहेको भन्दै आयोगले सभ्यता केसीलाई पनि प्रतिवादी बनाएको छ ।

आयोगले उनीहरूविरुद्ध शुक्रबार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र २२ अन्तर्गत विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगले सभ्यता केसीलाई पनि मुख्य कसुरदार सरह नै सजायको मागदाबी गरेको छ ।​

यस्तो छ आरोपपत्र

salt training

कमेन्ट गर्नुहोस्