३१ जेठ २०८३, आइतबार

एमबीबीएसको परीक्षफल प्रकाशित

मंसिर १९, २०७४
एमबीबीएसको परीक्षफल प्रकाशित

काठमाडौं, १९ मङ्सिर-  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) द्वारा गत गत शनिबार पुनः लिइएको एमबीबीएस प्रवेश परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ ।

परीक्षाफलअनुसार मोरङका प्रज्वल लुइटेल, भक्तपुर बागेश्वरीका निरञ्जन अधिकारी र रूपन्देहीका देवांश उपाध्याय ८८ अंकका साथ ‘नेपाल प्रथम’ भएका छन् ।

कुल ७ हजार ३ सय ५८ जनाले पुनः प्रवेश परीक्षा दिएकोमा ३ हजार ३ सय ३० र विदेशीतर्फ २ सय १ जनाले परीक्षा दिएकोमा ३३ जना उत्तीर्ण भएका छन् ।

चालू शैक्षिक सत्रका लागि गत २८ असोजमा लिइएको एमबीबीएस प्रवेश परीक्षामा चिट चोरी तथा नक्कली परिक्षार्थीका कारण स्थगित प्रवेश परीक्षा गएको १६ मंसिरमा लिइएको थियो ।

पहिला सञ्चालित प्रवेश परीक्षामा ८ हजार ७ सय ३१ नेपाली परीक्षार्थी सहभागी थिए भने पुनः सञ्चालित परीक्षामा घटेर ७ हजार ३ सय ५८ विद्यार्थी मात्र सहभागी भए, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्