०७ साउन २०८३, बिहीबार
राजावादीको आन्दोलन लक्षित आदेश

नारायणहिटी दरबार क्षेत्रमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

जेठ १६, २०८२
काठमाडौं
नारायणहिटी दरबार क्षेत्रमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय अगाडि कुनै राजनीतिक प्रदर्शन गर्न निषेध गरेको छ । 

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार एक आदेश जारी गर्दै नारायणहिटी दरबार बाहिर प्रदर्शनमा रोक लगाएका हुन् ।

राजावादी समूहले शनिबार नारायणहिटी क्षेत्रमा प्रदर्शनको तयारी गरेका थिए ।

प्रशासनले जेठ १७ देखि असार २४ गतेसम्म नारायणहिटी क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो ।

अब राजावादीको प्रदर्शन दरबारमार्गबाट अन्यत्र सार्नु पर्ने भएको छ।

राजसंस्था पुनःस्थापना संघर्ष समितिले गणतन्त्र दिवसको दिन बिहीबार रत्नपार्कमा प्रदर्शन गरेको थियो ।

शुक्रबार माइतीघर-बानेश्वर क्षेत्रमा प्रदर्शन गरिएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्