१० साउन २०८३, आइतबार

ट्राफिक सचेतना बढाउन ‘सडक सुरक्षा सप्‍ताह’

जेठ १६, २०८२
महोत्तरी
ट्राफिक सचेतना बढाउन ‘सडक सुरक्षा सप्‍ताह’
फाइल फोटो

बढ्दो सवारीसाधन दुर्घटना घटाउन ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम ‘सडक सुरक्षा सप्‍ताह’ मनाउने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले यही जेठ २२ गतेदेखि सातदिने साताव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन हुने बताए ।

पहिलो दिन जेठ २२ गते बिहीबार जिल्लाका जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, नागरिक समाजका प्रतिनिधि, यातायात व्यवसायी, चालक र यातायात मजदुरसहितको सहभागितामा प्रभातफेरी गरिने छ । 

यसैगरी २३ गते जलेश्वरमा सवारी दुर्घटना उद्धार अभ्यास, २४ गते सवारीसाधनको परीक्षण, २५ गते बर्दिबासमा रक्तदान, २६ गते सार्वजनिक सवारी चालकहरूको स्वास्थ्य परीक्षण र छैटौं दिन जेठ २७ गते मोटरसाइकल चालकलाई लक्षित गरी हेल्मेट प्रयोगसम्बन्धी प्रशिक्षण कार्यक्रम, भारतीय सीमावर्ती सम्सी नाका नजिकको हुलाकी सडकको सम्सीचोकमा ट्राफिक सचेतनासम्बन्धी सडक नाटक प्रदर्शन गरिनेछ ।

सप्‍ताहको अन्तिम दिन जेठ २८ गते सञ्चारकर्मी तथा यातायात व्यवसायीहरूसँगअन्तरक्रिया कार्यक्रम आयोजनासँगै सप्ताहव्यापी कार्यक्रम समापन हुने प्रहरी निरीक्षक जोशीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्