०३ असार २०८३, बुधबार

सशस्त्र सीमा बलका महानिरीक्षक सुधीर कुमारको विदाइ

जेठ १६, २०८२
काठमाडौं
सशस्त्र सीमा बलका महानिरीक्षक सुधीर कुमारको विदाइ

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिरीक्षक सुधीर कुमार सेवानिवृत्त भएका छन् । यो अवसरमा शुक्रबार सिलगुढीस्थित तीस्ता मैदानमा भव्य विदाइ परेड सम्पन्न भएको छ। ३७ वर्षको सेवापछि सेवानिवृत्त भएका कुमारलाई परेडमा जनरल 'स्याल्यूट' दिइएको थियो।

कार्यक्रममा नेपालsJ प्रतिनिधि सभाकी सांसद चन्दा चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। उनले भारत–नेपालबीचको ऐतिहासिक सम्बन्ध र सुधीर कुमारको कार्यकुशलता तथा सहृदयतालाई विशेषरूपमा प्रशंसा गरिन्।

सो अवसरमा एसएसबी उपमहानिरीक्षक ए.के.सी. सिंहले कुमारको नेतृत्वमा सम्पन्न भएका सामाजिक कार्यहरूका साथै सीमावर्ती युनिटको कामका उपलब्धिहरू उल्लेख गरेका थिए।


 

salt training

कमेन्ट गर्नुहोस्