०२ असार २०८३, मंगलबार

चुनावको मौका छोपी नक्कली नोट

मंसिर १९, २०७४
चुनावको मौका छोपी नक्कली नोट

पर्वत, १९ मङ्सिर- पर्वतका विभिन्न वित्तीय संस्था तथा ग्रामीण भेगहरूमा नक्कली नोट भेटिन थालेका छन् । चुनावकै मुखमा नक्कली नोट भेटिएपछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोट प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । बाग्लुङ र म्याग्दीमा पनि केही दिनअघि नक्कली नोट भेटिएकोमा अहिले पर्वतमा पसल र वित्तीय संस्थामा जम्मा गर्न ल्याइएकामध्ये केहीमा नक्कली नोट भेटिन थालेका छन् । 
कुश्मामा नक्कली नोट भेटिने क्रममा गण्डकी विकास बैंकका जम्मा गर्ने क्रममा एक लाखको मुठोमा एउटा हजारको नक्कली नोट फेला परेको थियो भने ग्रीन डेभलपमेन्ट बैंक तथा हिमालयन बैंकमा जम्मा गर्न ल्याएको पैसाको बिटोमा नक्कली नोट भेटिएको थियो । गण्डकी विकास बैंकमा केही दिनपहिले गुरुङ थरका ग्राहकले रकम जम्मा गर्न ल्याउने क्रममा उक्त नोट भेटिएको थियो भने ग्रीन बैंकमा स्थानीय सुदीप राजण्डारीले ग्राहकले जम्मा गर्न ल्याएको पैसाको बिटोमा पनि एक हजार रुपैयाँको नक्कली नोट फेला परेको बताइएको छ । नक्कली नोटमा कलम लेख्दा फुल्ने एवं सजिलै डल्लो पर्ने गरेको बैंकका अधिकारीको अनुभव छ, कारोबार दैनिकमा खबर छापिएको छ  । 

salt training

कमेन्ट गर्नुहोस्