
राजावादीको प्रदर्शनमा घुसपैठ भएको भन्दै एक जनालाई पक्राउ गरिएको छ ।
आन्दोलनमा घुसपैठ गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहराले जानकारी दिए ।
'एक जनालाई केहीबेर अगाडि नियन्त्रणमा लिएका छौं, उनलाई अहिले परिसरको कार्यालय भद्रकालीमा लगिएको छ,' उनले भने ।
'संयुक्त जनआन्दोलन समिति'को नेतृत्वमा भएको प्रदर्शनका लागि शुरूमा नारायणहिटी दरबार क्षेत्रलाई केन्द्र बनाउने तयारी गरिएको थियो ।
तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि प्रदर्शन स्थल परिवर्तन गरेर शान्तिवाटिकामा भेला गरेका थिए ।
राजावादी समूहले राजसंस्थाको पुनःस्थापना र वर्तमान व्यवस्थाविरुद्ध आवाज उठाउँदै आन्दोलन थालेको हो ।