२० असार २०८३, शनिबार

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धीको गाडीमा बम बिस्फोट

मंसिर १९, २०७४
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धीको गाडीमा बम बिस्फोट

डडेल्धुरा, १९ मंसिर– प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट वाम गठवन्धनका उम्मेदवार खगराज भट्ट चढेको गाडीलाई लक्षित गरी बम बिस्फोट भएको छ । 

भट्ट सवार म१च २४१९ नम्बरको गाडीमाथि बम आक्रमण भएको हो । सोमवार डडेल्धुराको भित्री मधेस क्षेत्र (जोगबुढा)मा आयोजित चुनावी सभाबाट सदरमुकाम फर्किने क्रममा उनको गाडीमाथि बम आक्रमण भएको हो । 

भट्टको गाडीमाथि आलीताल गाउँपालिका–७ बागखोली भन्ने ठाउँमा राति ८ः३० बजे आक्रमण भएको प्रहरीले जनाएको छ । बम आक्रमणबाट भट्टको गाडीमा सामान्य क्षति पुगेको जनाइएको छ । 

आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन । बम बिस्फोट पछि प्रहरीले सकर्टिङ गरी भट्टलाई सदरमुकाम पुर्याएको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्