२९ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, ‘झोले’ भनेर आलोचना गर्नेलाई ओलीको जवाफ

जेठ १८, २०८२
काठमाडौं
पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, ‘झोले’ भनेर आलोचना गर्नेलाई ओलीको जवाफ

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री केपी शर्मा ओलीले सही कुराको समर्थन गर्दा कसैले ‘झोले’ भनेर आलोचना गर्नेहरुलाई जवाफ फर्काएका छन् । उनले त्यस्तो आलोचना गर्नेहरुलाई त्यसलाई वेवास्ता गर्न आग्रह गरे । उनले परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न समेत आग्रह गरे । 

शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू एमालेको झोले भएको बताए । 
००००
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति शुरू गरेको छ । 

गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना शुरू गरेको नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी भक्तपुर–नगरकोट सडक स्तरोन्नति कार्य थालेको हो ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनतासँग जोड्न आउँदो मङ्गलबारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन गरिने बताएका छन् । 

पार्टीको कीर्तिपुर नगर समितिद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा उनले अभियानमार्फत उपत्यकावासीसँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाएर लैजाने बताए । पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको स्पष्ट पार्दै उनले यसलाई जनताको सेवकका रुपमा स्थापित गरिने बताए ।
००००
नेकपा एमालेकी निलम्बित केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले आफू र पोलिटब्युरो सदस्य बिन्दा पाण्डेमाथि लागेको पार्टीको ६ महिने निलम्बन (कारबाही) अझै फुकुवा नभएको बताएकी छन्।

शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै तिम्सेनाले कारबाही फुकुवाबारे केही भ्रमहरू फैलिएको जनाउँदै तथ्य स्पष्ट गरेकी हुन्। उनका अनुसार, केही पहिलेको पार्टी सचिवालयको बैठकमा महासचिव शंकर पोखरेलले कारबाही फुकुवाको प्रस्ताव राखे पनि त्यस दिन समय अभावका कारण निर्णय हुन सकेन। त्यसपछिको बैठकमा भने उक्त प्रस्ताव नै नलगिएको तिम्सेनाको दाबी छ।
००००
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटले हवाई भाडादरमा लाग्ने भ्याट नहटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।
००००
नेपाल आयल निगमले पेट्रोल र डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको छ । यसैगरी हवाई इन्धन सस्तो बनाएको छ।

इण्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु २।११ ले र डिजेलमा रु १।०९ ले मूल्य वृद्धि भएको निगमले जनाएको छ। हवाई इन्धनको खरिद मूल्य भने प्रतिलिटर रु २।५७ ले घटेको छ।

यससँगै निगम सञ्चालक समितिको निर्णय अनुसार गएराति १२स्ः०१ बजेदेखि लागु हुने गरी पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु २।०० ले र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १०।०० ले वृद्धि गरिएको हो। यससँगै काठमाडौँमा अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेलको १४३ रुपैयाँ कायम भएको छ ।
००००
राजावादीको प्रदर्शनमा घुसपैठ भएको भन्दै एक जनालाई पक्राउ गरिएको छ ।

आन्दोलनमा घुसपैठ गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहराले जानकारी दिए । राजावादीले बिहीबारदेखि राजधानीमा प्रदर्शन गर्दै आएका छन् । 
००००
नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम शुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेशगरी कोशी प्रदेशमा फैलिएको थियो। त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति र्पुयाएको छ ।
००००
नेपाल प्रहरीका २८ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ ।

शुक्रबार राति गृहमन्त्री स्तरीय बैठकले २८ एसएसपीको सरुवा गर्ने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्