
धनुषाको जनकपुरधाम उपमहानगरपालिका- ४ स्थित सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही उपमहानगरपालिका- ४ बस्ने अरुण ठाकुरका ३ वर्षीय छोरा रिदम ठाकुर छन् । उनको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।