
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी कार्यालयमा स्वागत गरेका छन् ।
आइतबार दिउँसो राजावादी आन्दोलनका क्रममा पक्राउ परेका थापालाई प्रहरीले राति रिहा गरेको थियो । सोलगत्तै राप्रपाको कार्यालय पुगेका थापालाई अध्यक्ष लिङ्देनले पार्टी कार्यालयमा स्वागत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
पूर्वगृहमन्त्री समेत रहेका थापालाई पक्राउ पछि जिल्ला प्रहरी परिसर काठमाडौँमा झण्डै ६ घण्टा राखिएको थियो ।