१० साउन २०८३, आइतबार

यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात प्रभावित

जेठ १९, २०८२
काठमाडौं
यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात प्रभावित

यातायात व्यवसायीको आन्दोलनले सोमबार काठमाडौँ उपत्यकासहित देशभरको सार्वजनिक यातायात प्रभावित बनेको छ । 

बन्दका कारण छिटपुटबाहेक भाडाका सार्वजनिक सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । काठमाडौँ उपत्यकामा पनि सार्वजनिक सवारी प्रभावित बनेको छ । 

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा  देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको यातायात व्यवसायीको भनाइ छ । 

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायी आन्दोलित भएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्