०८ असार २०८३, सोमबार

सिटी एक्सप्रेस कम्प्लेक्समा केन्याको अवैतनिक दूतावास कार्यालय उद्घाटन

जेठ २१, २०८२
काठमाडौं
सिटी एक्सप्रेस कम्प्लेक्समा केन्याको अवैतनिक दूतावास कार्यालय उद्घाटन

केन्याका राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् । 

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितिमा उनले गत सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका हुन् । 

सोही दिन राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामा अवस्थित गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यलयको उद्घाटन पनि गरिएको थियो । 

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनद्वारा आयोजित विशेष समारोहमा उनको अध्यक्षतामा दुवै देशबीचको ब्यापार पवद्र्धनका साथै संस्कृतिक तथा अन्य विविध छेत्रमा सहकार्य विस्तारमा काम गर्ने प्रतिवद्धता जनाइएको थियो ।

null

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक पनि हुन् ।


 

salt training

कमेन्ट गर्नुहोस्