२६ असार २०८३, शुक्रबार

सुनसरीमा ११ सय २० किलोग्राम गाँजा बरामद

जेठ २१, २०८२
काठमाडौं
सुनसरीमा ११ सय २० किलोग्राम गाँजा बरामद
फाइल तस्वीर ।

सुनसरीमा प्रहरीले एक हजार १२० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

हरिनगरा गाउँपालिका-५ र ६ को सिमानास्थित कटान खोलाको बगरबाट उक्त परिमाणको अवैध लागूऔषध गाँजा मंगलबार साँझ प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय देवानगञ्ज समेतबाट खटिएको प्रहरीले उक्त खोलाको बगरमा बालुवामा गाडी राखिएको अवस्थामा ३८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्