३१ असार २०८३, बुधबार

भिजिट भिसा प्रकरणको अनुसन्धान जारी हुँदा पक्ष विपक्षमा जुहारी

जेठ २२, २०८२
काठमाडौं
भिजिट भिसा प्रकरणको अनुसन्धान जारी हुँदा पक्ष विपक्षमा जुहारी

 भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अनुचित लेनदेनको आशङ्कापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत दुई सातादेखि विस्तृत अनुसन्धान गरिरहेको छ ।

भ्रष्टाचारजन्य गतिविधि, अनियमितता, पदीय दुरुपयोगबारे निष्पक्ष अनुसन्धान गर्ने संवैधानिक निकाय अख्यिार दुरुपयोग अनुसन्धान आयोगकै कामकारबाहीलाई नै प्रभावित पार्ने गरी सार्वजनिक मञ्चमा पक्ष, विपक्षमा चर्को बहस भइरहेको छ ।

अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतो हुने गरेको अनुचित लेनदेनमा गृह मन्त्रालय नै जवाफदेही हुनुपर्ने जिकिर गर्दै प्रमुख प्रतिपक्षी गठबन्धनले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधि सभा अवरुद्ध पारिरहेका छन् ।

संविधानले नै निष्पक्ष अनुसन्धानको जिम्मेवारी तोकेको अख्तियारबाट भइरहेको छानबिनकै क्रममा प्रतिनिधि सभासम्म भइरहेको बहसलाई कानुनका जानकारले भने निको मानिरहेका छैनन् । स्वयम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत अनुसन्धानलाई नै प्रभावित पार्ने गरी भइरहेको पक्ष विपक्षको जुहारीप्रति असहमत देखिएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्