
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा कहीँकतै नरहेको प्रतिक्रिया दिएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा देखिएका कमजोरी सुधारगरी उन्नत र समृद्ध बनाउनेतर्फ लाग्नु पर्ने उनको भनाइ छ ।
गणतन्त्रको प्रतिफल पाएर जनता खुसी र सुखी भए लोकतन्त्र आफैं बलियो र समृद्ध हुने उनले बताए । 'गणतन्त्रको प्रतिफल पाएर जनता खुसी र सुखी भए भने लोकतन्त्र आफैं बलियो र समृद्ध हुन्छ,' रासससँगको कुराकानीमा उनले भने ।
ठूलो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रलाई सुदृढ तुल्याउन समयमै कानुन निर्माण र योजना बनाउन आवश्यक रहेको रेग्मीले बताए ।
अभ्यासमा देखिएका कतिपय कमीकमजोरी र स्रोतसाधनको अभावले सुनिएका निराशालाई अन्त्य गर्दै लैजानुपर्नेमा उनको जोड छ ।
पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले संविधानसभाबाट जारी संविधान कार्यान्वनमा जानु आफ्ना लागि गौरवको विषय भएको बताए ।