०६ साउन २०८३, बुधबार

प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

जेठ २२, २०८२
काठमाडौं
प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक भोलि शुक्रबारसम्मका लागि स्थगित भएको छ । 

विपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

भिजिट भिसा दुरुपयोग प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् । 

यसअघि सभामुख घिमिरेले निरन्तर अवरुद्ध भइरहेको संसद् खुलाउने विषयमा प्रमुख दलका सचेतकसँग छलफल थिए । उनले हरेक दिन छलफल गरेपनि सत्ता र प्रतिपक्षबीच सहमति जुट्न  सकिरहेको छैन ।

भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलको माग छ भने सत्तापक्ष त्यसमा तयार छैन । सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ । 

विपक्षी दलहरूले २०६४ पछिका सबै गृहमन्त्रीका पालामा भएको भिजिट भिसा दुरुपयोगको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अर्को माग राखेका छन् । तर, सत्ता पक्ष समिति गठनका लागि सकारात्मक नभएको विपक्षीको आरोप छ । 

संसद् नचल्दा वार्षिक बजेटमाथिको छलफल प्रभावित भएको छ । सरकारले जेठ १५ गते बजेट प्रस्तुत गरेको थियो । त्यसपछि संसद् बैठक बस्न सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्