०२ साउन २०८३, शनिबार

फ्रान्सलाई पराजित गर्दै स्पेन फाइनलमा, उपाधिका लागि पोर्चुगलसँग भिड्ने

जेठ २३, २०८२
काठमाडौं
फ्रान्सलाई पराजित गर्दै स्पेन फाइनलमा, उपाधिका लागि पोर्चुगलसँग भिड्ने

फ्रान्सलाई पराजित गर्दै साविक विजेता स्पेन यूइएफए नेसन्स लिगको फाइनल प्रवेश गरेको छ । गएराति जर्मनीको एमएचपी एरिनमा दोस्रो सेमिफाइनलमा फ्रान्सलाई ५-४ ले पराजित गर्दै स्पेन फाइनल पुगेको हो । 

स्पेन अब उपाधिका लागि पोर्चुगलसँग भिड्ने छ । फाइनल आइतबार हुने छ । फ्रान्स र जर्मनीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

१७ वर्षीय फरवार्ड लामिन यमलले स्पेनका लागि २ गोल गरे । निको विलियम्सले २२औं र मिकेल मेरिनोकाले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–० ले शुरूआती अग्रता दिएका थिए । ५४ औं मिनेटमा यमलले पेनाल्टीमा गोल गरे । 

५५औं मिनेटमा पेड्रीले विलियम्सको पासमा गोल गरेपछि ५९औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गरेका थिए । 

तर, यमलले ६७औं मिनेटमा आफ्नो दोस्रो र स्पेनको पाँचौं गोल गोल गरेपछि खेल लगभग सकिएजस्तो देखिएको थियो ।

तर, फ्रान्सका परिवर्तित खेलाडी रायान चेर्कीले आफ्नो अन्तर्राष्ट्रिय डेब्यूमा एमबाप्पेको पास समातेर शानदार गोल गरे।

स्पेनी डिफेन्डर डानी भिभियनले ८४ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल थप रोचक बनेको थियो ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा रान्डल कोलो मुआनीले खेललाई ५–४ को रोमाञ्चक अवस्थामा पुर्‍याए ।

तर फ्रान्सले बराबरी गोल गर्न भने सकेन।
 

salt training

कमेन्ट गर्नुहोस्