
नेकपा (माओवादीका केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दीको भुरुङ तातोपानी पुगेका छन् ।
भुरुङ पुगेर प्रचण्डले तातोपानी कुण्डमा स्नानसमेत गरेका छन् ।
त्यहाँ पुगेर उनले स्थानीयवासीसँग अन्तर्क्रियासमेत गरेका थिए ।
स्थानीयका समस्या सुन्दै उनले समाधानका लागि पहल गर्ने प्रतिवद्धतासमेत जनाए ।
आज बुधबार मुस्ताङमा पार्टीले आयोजना गरेको विभिन्न कार्यक्रम सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।