२५ असार २०८३, बिहीबार

विश्व प्रसिद्ध टिकटक स्टार खाबी लामेलाई अमेरिकामा किन पक्राउ गरियो ? यस्तो छ कारण

जेठ २८, २०८२
काठमाडौं
विश्व प्रसिद्ध टिकटक स्टार खाबी लामेलाई अमेरिकामा किन पक्राउ गरियो ? यस्तो छ कारण

विश्वकै सबैभन्दा प्रसिद्ध टिकटक स्टार खाबी लामेलाई अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन(आईसीई)ले लास भेगासबाट हिरासतमा लिएर छोडेको छ ।

२५ वर्षीय लामेलाई अवैध भिसा अवधिभन्दा बढी समय अमेरिकामा बसेको कारणले नियन्त्रणमा लिएको हो । जुन ६ मा उनलाई अमेरिकी एजेन्सीले लास भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट हिरासतमा लिएको थियो।

सेनेगल मूलका इटालियन प्रभावशाली खाबी लामेको वास्तविक नाम 'सेरिङ्गे खाबाने लामे' हो। टिकटकमा उनका १६ करोड २० लाखभन्दा बढी फलोअर्स छन् । 

द न्यु योर्क पोस्टको रिपोर्ट अनुसार एजेन्सीले भनेको छ कि २५ वर्षीय लामे अस्थायी भिसाअन्तर्गत अप्रिल ३० मा अमेरिका आएका थिए। लाम गत महिना न्यूयोर्क शहरमा थिए, जहाँ उनले मेट्रोपोलिटन म्युजियम अफ आर्टमा मेट गालामा भाग लिएका थिए। भिसाको सीमा सकिएपछि पनि उनी अमेरिकामै बसेका थिए । 

भिसाको म्यादभन्दा बढी समय बस्नु अमेरिकामा अध्यागमन उल्लङ्घन हो। केही घण्टाको सोधपुछपछि अधिकारीहरूले उनलाई 'स्वैच्छिक प्रस्थान'को विकल्प दिएका थिए ।

लाम 'स्वैच्छिक प्रस्थान'मा सहमत भएको समाचारमा उल्लेख छ । उनी त्यही साँझ उडानबाट इटाली फर्किएका थिए ।

इन्स्टाग्राममा उनका ८ करोड फलोअर्स छन् । फोर्ब्सको '३० अन्डर ३०' र फर्च्युनको '४० अन्डर ४०' सूचीमा उनको नाम छ । २०२५ मा युनिसेफले उनलाई सद्भावना दूत बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्