२२ असार २०८३, सोमबार
संवैधानिक इजलास

संवैधानिक निकायका ५२ पदाधिकारी सम्बन्धमा निर्णय सुनाइँदै, रिट निवेदकलाई ४ बजेका लागि बोलाइयो

जेठ २८, २०८२
काठमाडौं
संवैधानिक निकायका ५२ पदाधिकारी सम्बन्धमा निर्णय सुनाइँदै, रिट निवेदकलाई ४ बजेका लागि बोलाइयो

संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले बुधबार निर्णय सुनाउँदैछ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासले आजका लागि निसुको समय तोकेको छ । 

रिट निवेदकहरूलाई ४ बजेका लागि बोलाइएको निवेदक मध्येका एक कीर्तिनाथ शर्मा पौडेलले लोकान्तरलाई जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले २०७७ माघ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, लोकसेवा आयोग लगायत संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । 

प्रतिनिधिसभा विघटन भएको समयमा संसदीय सुनुवाइ नगरी गरिएका नियुक्ति बदरको माग गर्दै सर्वोच्चका रिट परेका थिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, समृत खरेल, कीर्तिनाथ शर्मा पौडेललगायतले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

४ वर्षपछि ती रिटको सुनुवाइ भएर निर्णय सुनाउन लागिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्