२५ जेठ २०८३, सोमबार
संसद्‌मा विपक्षीको अवरोध कायमै

प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित

जेठ २८, २०८२
काठमाडौं
प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलि बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठक निर्धारित समयमा बस्न सकेन । शुरूमा सूचना टाँस गरेर ३:१५ बजेलाई सारिएको बैठक सभामुखले ढिलागरी शुरू गरेका थिए ।

तर, विपक्षीहरूको अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन । सभामुख देवराज घिमिरेले पटक पटक बैठक सञ्चालनको वातावरण बनाउन भने पनि विपक्षी तयार नभएपछि उनले बिहीबार दिउँसो ३ बजेका लागि बैठक स्थगित गरेका हुन् । 

प्रतिनिधिसभाले विपक्षी दलको निरन्तरको अवरोध झेलिरहेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै विपक्षी दलले जेठ १३ देखि संसद्‌मा अवरोध कायम राखेका छन् । 

सत्तारुढ नेकपा एमाले र कांग्रेसले भने गृहमन्त्रीमाथि छानबिन आवश्यक नभएको बताउँदै आएका छन् । 

पछिल्लो समय विपक्षी दल गृहमन्त्रीको राजीनामाको अडान छाडेर उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रस्तावमा पुगेका छन् । तर, यसमा पनि विपक्षी र सत्तारूढ दलबीच सहमति जुट्न सकेको छैन । 

जेठ १३ गतेदेखि अवरोध गरेका विपक्षी दलले १५ गते बजेट ल्याउन दिए पनि त्यसपछिका बैठक अवरुद्ध गर्दै आएका छन् । संसद् बैठक अवरुद्ध हुँदा नयाँ बजेटमाथिको छलफल अलपत्र बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्