२७ असार २०८३, शनिबार

कबाड व्यवसायी संघर्ष समितिले भेट्यो अर्थमन्त्री पौडेल, जिउधन रक्षाको माग

जेठ २८, २०८२
काठमाडौं
कबाड व्यवसायी संघर्ष समितिले भेट्यो अर्थमन्त्री पौडेल, जिउधन रक्षाको माग

कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्तालगायतका व्यवसायीहरूले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेटेका छन् ।

बुधबार अर्थ मन्त्रालयमा भएको छलफलमा उनीहरूले व्यवसायीहरूको जिउधनको रक्षाका लागि मन्त्री पौडेलले सँग माग गरेका छन् । 

काठमाडौं महानगरपालिकाले २ वर्षदेखि आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कबाड व्यवसायी, संकलक मजदुरमाथि कुटपिट गर्ने, अपहरण गर्ने र कबाड व्यवसायका संरचना भत्काउने, संकलक र मजदुरका साइकल र समान जफत गर्ने काम गरिरहेको उनीहरूले बताएका छन्  ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले महानगरबाट गरिब जनता, गरिखाने वर्गलाई हटाउने खोजेको व्यवसायीहरूको भनाइ छ ।

‘कबाड व्यवसायी र संकलकमाथि भइरहेको यो प्रकारको महानगरको गुन्डागर्दी ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाको लागि हामी कबाड व्यवसायी माननीय अर्थमन्त्रीज्यूसमक्ष अनुरोध गर्न चाहन्छौं’, उनीहरूले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । 

सरकारको प्रचलित कानून बमोजिम दर्ता रही काठमाडौं महानगरपालिकाको विभिन्न वडामा कबाड व्यवसाय सञ्चालन गर्दै आएका उनीहरूले बताएका छन् । वर्षौंदेखि कबाड व्यवसाय गर्दै आएका व्यवसायीले सरकारलाई तिर्नुपर्ने राजस्व र कर समेत तिर्दै आएको उल्लेख गरेका छन् ।

‘देशमा सञ्चालित उद्योगहरू स्टील, बियर तथा मदिराजनय उद्योग, कागज, प्लाष्टिक, ब्याट्री, मेटल उद्योगलाई चाहिने कच्चा पदार्थ कबाड व्यवसायीले आपूर्ति गर्दै आएको छ । र, देशको व्यापार घाटा कम गर्न कबाड व्यवसायको भूमिका रहेको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘हाल यो व्यवसायमा एक लाख मानिस प्रतक्ष रोजगारमा आबद्ध रहेको कुरा यहाँलाई अवगत गराउन चाहन्छौं र वातावरणीय सरसफाइमा कबाड व्यवसायको योगदान रहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्