
ओखलढुङ्गामा १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका-६ भदौरे बस्ने २० वर्षीय भूपेन्द्र मगर रहेका छन् । उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।
भूपेन्द्रले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।