१० साउन २०८३, आइतबार

अहमदाबादमा १९८८ मा पनि भएको थियो जहाज दुर्घटना, १३३ जनाको गएको थियो ज्यान

जेठ २९, २०८२
काठमाडौं
अहमदाबादमा १९८८ मा पनि भएको थियो जहाज दुर्घटना, १३३ जनाको गएको थियो ज्यान
सन् १९८८ मा दुर्घटनामा परेको जहाजको दुर्घटनाअघिको तस्वीर ।

भारत गुजरातको अहमदाबादमा बिहीबार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परेको छ ।

हालसम्म प्राप्त विवरणअनुसार उक्त विमानमा चालकदलसहित २४२ जना सवार थिए र विमान लण्डनतर्फ उडेको थियो ।

भारती सञ्चारमाध्यमका अनुसार टेकअफको क्रममा विमानको सन्तुलन गुम्यो र मेघानीस्थित आवासीय क्षेत्रमा खस्यो । 

दुर्घटनापछि त्यस क्षेत्रमा बाक्लो धुवाँ देखिएको छ । हाल दमकल र राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू उद्धार र राहत कार्यमा खटिएका छन् ।

२४२ यात्रु बोकेर लण्डन जाँदै गरेको एअर इण्डियाको विमान टेकअफकै क्रममा दुर्घटनाग्रस्त भएको प्रेस ट्रस्ट अफ डन्डियाले जनाएको छ । 

टाइम्स अफ इन्डियाका अनुसार एअर इण्डियाको फ्लाइट नम्बर १७१ विमानमा २३० यात्रु, २ पाइलट र १० जना क्रु मेम्बर थिए । 

विमानमा गुजरात राज्यका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि पनि अहमदाबाद विमानस्थलमा यस्तै एउटा ठूलो दुर्घटना सन् १९८८ मा भएको थियो । त्यो बेला मुम्बईबाट अहमदाबाद आउँदै गरेको इन्डियन एयरलाइन्सको विमान विमानस्थल नजिकै दुर्घटना भएको थियो, जसमा १३३ जनाको ज्यान गएको थियो ।

१९ अक्टोबर १९८८ मा बोइङ ७३७–२०० विमानले बिहान ६:०५ बजे मुम्बईबाट उडान भरेको थियो । बिहान ६:२० मा पाइलटले अहमदाबाद विमानस्थलमा भिजिबिलिटी कम भएको भन्दै मौसमबारे जानकारी मागेका थिए । यद्यपि, विमानस्थलमा पुग्दा पाइलटले अवतरण अनुमति भने मागेनन् ।

बिहान ६:५३ बजे विमान चिलोदा कोतरपुर क्षेत्रमा रहेको रुख र विद्युत् ट्रान्समिसन टावरसँग ठोक्किएको थियो । 

ककपिटमा रहेको भ्वाइस रेकर्डरका अनुसार, पाइलटहरू कम भिजिबिलिटीबीच रनवे खोज्ने प्रयासमा थिए र लगातार विमान तल झार्दै थिए । 

विमान १००० फिटको उचाइमा पुग्दासाथ ट्रान्समिसन टावरसँग ठोक्किएको थियो र विमानस्थलदेखि करिब ३ किलोमिटर टाढा खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्