२५ असार २०८३, बिहीबार

राज्य व्यवस्था समिति सभापति खतिवडासँग बेलायती राजदूतको भेटवार्ता, केही विधेयकमा चासो

जेठ २९, २०८२
काठमाडौं
राज्य व्यवस्था समिति सभापति खतिवडासँग बेलायती राजदूतको भेटवार्ता, केही विधेयकमा चासो
तस्वीर : रासस ।

नेपालका लागि बेलायतका राजदूत रोव फेनले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग भेटवार्ता गरेका छन् । 

संसद् सचिवालय सिंहदरबारमा बिहीवार भएको भेटवार्तामा राजदूत फेनले समितिले गरिरहेका कामबारे चासो राखेका थिए । समितिले गरिरहेका काम र विचाराधीन विधेयकका बारेमा राजदूतले चासो राखेका सभापति खतिवडाले बताए ।

‘राज्य व्यवस्था समितिले गरिरहेका कामबारे राजदूतले चासो राख्नु भयो । निजामती विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक र संघीय प्रहरी विधेयक लगायतमा उहाँले चासो राख्नुभयो’, खतिवडाले लोकान्तरसँग भने । संघीयता कार्यान्वयन सम्बन्धी महत्त्वपूर्ण विधेयकमा राज्य व्यवस्था समितिले काम गरिरहेको छ । 

संसदीय व्यवस्थामा सरकारलाई जवाफदेही बनाउन संसदीय समितिको भूमिका महत्त्वपूर्ण हुने उनले बताए । सभापति खतिवडाले संसदीय लोकतन्त्रको जननी बेलायतबाट संसदीय अभ्यासमा आफूहरूले पाठ सिकेको बताए । 

राजदूतहरूले संसदीय समितिका सभापतिलाई बिरलै भेट्ने गर्छन् । भेटका क्रममा समितिको कामबाट आफू अत्यन्त प्रभावित भएको राजदूत फेनले बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्