०४ असार २०८३, बिहीबार

कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खननमा रोक

जेठ २९, २०८२
कास्की
कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खननमा रोक

कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खनन तथा सङ्कलन तीन महिनाका लागि बन्द हुने भएको छ ।

जिल्ला अनुगमन समितिको आजको बैठकले यही असार १ देखि आगामी भदौ मसान्तसम्म नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननमा रोक लगाउने निर्णय गरेको समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख लीलाधर अधिकारीले जानकारी दिए । उनका अनुसार ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ को कानुनी प्रावधानअनुसार सो निर्णय गरिएको हो ।

सो मापदण्डअनुसार असार, साउन र भदौ महिनामा उत्खनन तथा सङ्कलन कार्य गर्न नपाइने उल्लेख छ । समन्वय प्रमुख अधिकारीले सो निर्णय कडाइका साथ कार्यान्वयन गरिने बताए । 

salt training

कमेन्ट गर्नुहोस्