०७ साउन २०८३, बिहीबार

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा मिश्र नियुक्त

जेठ ३०, २०८२
काठमाडौं
पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा मिश्र नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्राडा कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरेका छन् ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले उपकुलपति प्राडा विजुकुमार थपलियाको सिफारिसमा विश्वविद्यालयको ऐन, २०५० बमोजिम लमजुङ घर भई हाल चितवन निवासी मिश्रलाई आज नियुक्त गरेका हुन् ।

३१ वर्षदेखि अध्यापनरत डा. मिश्रले बागवानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१६ मा विद्यावारिधि गरेकी थिइन् ।

उनी विभिन्न अनुसन्धान र प्रकाशन कार्यमा पनि संलग्न छिन् ।

कमेन्ट गर्नुहोस्