
संसद अवरोधका कारण प्रभावित भएको कार्यसूचीबारे छलफल गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई आज बिहान ९ बजे सिंहदरबारमा छलफलका लागि बोलाएका छन् ।
सभामुखकाे सचिवालयका अनुसार, छलफलको मुख्य विषय संसदको आगामी कार्यतालिका, विशेषगरी बजेटमाथिको छलफल कसरी अघि बढाउने भन्नेमा केन्द्रित हुनेछ। जेठ १३ गतेदेखि संसद अवरुद्ध हुँदा बजेटसम्बन्धी कार्यतालिका प्रभावित भएको थियो ।
सभामुखको पहलमा हुने यो छलफलबाट संसद पुनः सञ्चालनको दिशा र सहमति खोज्ने प्रयास हुने जनाइएको छ। बजेट पारित गर्ने संवैधानिक समयसीमा नजिकिँदै गएको अवस्थामा प्रमुख दलहरूबीच सहकार्यको आवश्यकता झनै बढेको छ।