०९ असार २०८३, मंगलबार

आगामी तीन दिन प्रमुख नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने

असार १, २०८२
काठमाडौं
आगामी तीन दिन प्रमुख नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका प्रमुख नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहने बताएको छ । 

कोशी, नारायणी, कर्णाली, महाकाली तथा ती नदीका प्रमुख सहायक नदीहरूमा आगामी तीन दिन जलसतह सतर्कता तहभन्दा तलै रहने विभागको अनुमान छ ।

विभागले जारी गरेको सूचना अनुसार पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीमा समेत जलसतहको उतारचढाव भइरहने देखिए पनि सतर्कता तहभन्दा माथि पुग्ने सम्भावना कम छ ।

तराई तथा नदी तटीय क्षेत्रमा हुने दैनिक गतिविधिमा भने सामान्य सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्