
अर्घाखाँचीमा ३८ वर्षीय श्रीमान् रामु कुमालको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छत्रदेव गाउँपालिका- ३ शिख्र बस्ने २७ वर्षीया मेखमाया कुमाल रहेकी छिन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरायसी विषयमा झै-झगडा हुँदा मेखमायाले धारिलो हतियार प्रहार गर्दा रामुको गएराति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।